खोलाको दायाँबायाँ ‘२० मिटरको सीमा’ उल्टियो, के छ नयाँ फैसला?
काठमाडौँ। सर्वोच्च अदालतले यस अघि ‘बागमती र यसका सहायक नदीहरूमा दायाँबायाँ थप २० मिटर छाडेर मात्रै नक्सा पास गर्न दिने र सीमा निर्धारण नभएका नदीहरूमा कम्तिमा पनि २० मिटर छाड्नुपर्ने व्यवस्था गर्नू’ भनेर यस अघि दिएको फैसलालाई उल्टाएको छ।
सर्वोच्चको संयुक्त इजलासले २०८० साल पुस ३ गते यस प्रकारको फैसला दिएको थियो। जसकारण बागमती, विष्णुमती, धोबीखोला जस्ता ठूला नदी किनारमा भूमिको स्वामित्व लिएर बसेका नागरिकहरू अप्ठ्यारोमा परेका थिए।
न्यायाधीशत्रय सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले आइतबार यस्तो फैसला दिएको हो।
अदालतले उत्प्रेषणको आदेशसहित आफ्नो पुरानो फैसला पुनरावलोकन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोच्च न्यायालयमा दर्ता गरेका छुट्टाछुट्टै निवेदन दिएपछि अदालत आफ्नै पुरानो फैसला पुनरावलोकन गर्न सहमत भएको थियो।
जनहित संरक्षण मञ्च (प्रो.पब्लिक) नामक गैरसरकारी संस्था लगायतले यसरी नदीको बचाउका लागि भन्दै ‘थप २० मिटर छोड्नुपर्ने’ माग गर्दै आएका थिए।
संक्षिप्त आदेशको यस्तो छ व्यवस्था :


















