स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु, दर्जनौँ घाइते - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु, दर्जनौँ घाइते



काठमाडाैं । दक्षिण स्पेनको कोर्डोबा सहर नजिकै दुईवटा तीव्र गतिका रेल एकापसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा कुल ७३ जना घाइते भएका छन् भने ३० भन्दा बढी गम्भीर घाइते भएकाे र मृतकको संख्या अझै बढ्न सक्ने स्पेनका यातायात मन्त्री ओस्कार पुएन्टेलाई उधृत गर्दै बीबीसीले लेखेकाे छ।

मालागाबाट मड्रिडका लागि छुटेको एउटा तीव्र गतिको रेल आदमज सहर नजिकै लिगबाट बाहिरिएर अर्को ट्रयाकमा पुगेपछि विपरित दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किएको थियो। दोस्रो रेल मड्रिडबाट हुल्वातर्फ जाँदै थियो।

दुर्घटनामा परेका दुई रेलमध्ये निजी कम्पनी ‘इरियो’ले सञ्चालन गरेको रेलमा करिब ३०० यात्रु र ‘रेन्फे’ले सञ्चालन गरेको अर्को रेलमा करिब १०० यात्रु सवार थिए। दुर्घटनास्थलमा खटिएका उद्धारकर्मीहरूका अनुसार रेलका डिब्बाहरू नराम्ररी कुच्चिएका कारण जीवित मानिसहरू र शवहरू निकाल्न निकै कठिनाइ भइरहेको छ। दुर्घटनापछि मड्रिड र अन्डालुसियाबीचका सबै रेल सेवाहरू बन्द गरिएका छन्।


प्रतिक्रिया दिनुहोस्