एमभी दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा करिव १५० बर्षको लामो इतिहास बोकेको एम.भी.दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ८० औं बर्ष प्रवेश गरेको उपलक्षमा ग्रुपले देशव्यापी रक्तदान गरेको छ ।
८०औं बर्ष प्रवेशको उपलक्ष्यमा आइतबार नेपालभर रहेका एम भी दुगड ग्रुपको अटो डिभीजन र हाईड्रो डिभीजनका कर्मचारीहरुको सक्रीय सहभागितामा “तपांईको एक थोपा, कसैको जीवन” भन्ने मूल नाराका साथ सक्तदान गरेको हो ।
यस ग्रुपको हाईड्रोको १ स्थान तथा अटोमोवाईल्सका पुर्व मेची देखी पश्चिम महाकाली सम्मका शाखाहरु गरी १६ स्थान र ३ वटा हाम्रा डिलरहरु समेत गरी नेपालको सातवटै प्रदेशमा २० वटा स्थानहरु बाट ५७८ जनाबाट पाँच सय अठहत्तर प्वाईन्ट बल्ड कलेक्सन गरेको छ ।
बल्डबाट विरगंज, बुटवल र धनगढीमा गरी ३ जना विरामीको तत्कालै ज्यान जोगाउन सकिएको ग्रुपले जनाएको छ ।
रक्तदान कार्यक्रममा यस ग्रुपका कर्मचारीहरु लगायत रक्तदान स्थानको वरपरका इष्ट मित्र, छर छिमेकी तथा अन्य वर्गले समेत सक्रीय सहभागीता थियो । जन कल्याणकारी कार्यको यो सानो प्रयासबाट केही हद सम्म भएपनी यस ग्रुपका अध्यक्ष दुगडको खुशी र संतोष भई समाजको हितका लागी गरिएको यो एउटा राम्रो कार्यको उदाहरण बन्नेछ भन्ने विश्वस्त ग्रुपले लिएको जनाएको छ ।

अध्यक्ष दुगड ८० औं बर्षमा प्रवेश गरेकोमा ग्रुपले शुभकामना समेत दिएको छ ।
ग्रुपले अटो ब्यवशाय, कृषी ब्यवशाय, जलविद्युत ब्यवशाय, कन्स्ट्रक्सन ब्यवशाय आदी गरिरहेको ग्रुपका उपाध्यक्ष विवेक दुगडले जनाकारी दिए । सो बाहेक बैंकींग क्षेत्र, जीवन तथा निर्जीवन विमा, पुनर वीमा एवं लघु वीमा कम्पनीहरुमा यस ग्रुपको महत्वपुर्ण हिस्साको लगानी रहेको छ ।
नेपालको पुर्वाधार विकास लगायत आर्थिक उन्नतीमा महत्वपूर्ण योगदान पुर्याईरहेको यस ग्रुपले विगत केही बर्ष देखी सोलुखुम्बु र रामेछाप जिल्लामा निर्माण गरेको जलविद्युत आयोजनाबाट १६१ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय विद्युत प्रशारणलाईनबाट विद्युत प्रवाह एवं वितरण गरिरहेको र बर्षा याममा विद्युत भारतमा निकासी भई नेपाल सरकारलाई विदेशी मुद्राको समेत आर्जन भईरहेको छ ।
त्यस्तै गरी यस ग्रुपले दोलखा जिल्लामा लगभग २०० मेगावाटको जलविद्युत आयोजनाको निर्माण गरिरहेकोछ ।













