शिक्षमन्त्री महावीर पुनले पनि दिए राजिनामा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीना पेस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भएका छन् । उमेदवारी दर्ता गराउन उनी म्याग्दी पुगेका छन् ।
पुनलेले म्याग्दीबाटै राजीनामापत्र पठाएका हुन् । पुन स्वतन्त्र उमेदवार बन्दै छन् । म्याग्दीमा प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र छ ।
यस अगाडि भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ना र सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए ।
अन्य मन्त्रीहरुले भने राजनितिमा आउनका लागि राजिनामा दिएका हुन् भने पुनले भने आगामि निर्वाचन जान सक्ने आकलन गरिएको छ ।













