आज पनि राख्यो सुनको मूल्यले नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज पनि राख्यो सुनको मूल्यले नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य २७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो । 

नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्य समेत बढेको छ । महसंघका अनुसार चाँदी प्रतितोला ७५ रुपैयाँले बढेको हो । 

सोमबार प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्