ईडीएफ जम्बोरी नेपालद्वारा मल्टी डेस्टिनेशन एडमिशन डे २०२६ आयोजना गर्ने घोषणा
काठमाडाैं । ईडीएफ जम्बोरी नेपालले मल्टी डेस्टिनेशन एडमिशन डे २०२६ आयोजना गर्ने घोषणा गरेको छ।
उक्त कार्यक्रम फेब्रुअरी २०२६ मा सोमबार, बिहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म काठमाडौंको न्यू प्लाजा, पुतलीसडकस्थित सिम्खडा प्लाजाको छैटौं तलामा सञ्चालन हुनेछ।
विदेश अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई लक्षित गरी आयोजना हुने यस बहुप्रतिक्षित शैक्षिक मेलामा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युनाइटेड किङ्डम, क्यानडा तथा युरोपका प्रतिष्ठित विश्वविद्यालयहरूका आधिकारिक प्रतिनिधिहरू एउटै छानामुनि उपस्थित रहनेछन्।
विद्यार्थी, अभिभावक, काउन्सेलर तथा शैक्षिक पेशेवरहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ईडीएफ जम्बोरी नेपाल मल्टी डेस्टिनेशन एडमिशन डे २०२६ मा सहभागीहरूले विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी अध्ययन कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, भिसा प्रक्रिया तथा अध्ययनपछिको रोजगारी (पोस्ट–स्टडी वर्क) अवसरबारे विस्तृत र स्पष्ट जानकारी प्राप्त गर्न सक्नेछन्।
यस कार्यक्रमले वर्षभरि विभिन्न देशका शैक्षिक मेलामा धाउनुपर्ने झन्झट हटाई एकै दिनमै विभिन्न देशका विश्वविद्यालयहरूको तुलना गर्न, अध्ययन खर्च बुझ्न र भविष्यको करियर योजना बनाउन सहज बनाउने विश्वास आयोजकले लिएको छ।
“एभरिथिङ स्टार्टस् हियर” नारासहित आयोजना हुने यस कार्यक्रममा तत्काल कन्डिसनल अफर तथा आवेदन शुल्क छुट, विश्वविद्यालय प्रतिनिधिबाट प्रत्यक्ष एडमिसन र भिसासम्बन्धी स्पष्टता, वान अव वान काउन्सेलिङ, देश तुलना तथा करियर गाइडेन्स सेसन, साथै छात्रवृत्ति, शिक्षा कर्जा र पोस्ट–स्टडी वर्क परमिटसम्बन्धी जानकारी प्रदान गरिनेछ।
१५ वर्षभन्दा बढीको अनुभव बोकेको ईडीएफ जम्बोरी नेपालले हालसम्म ५,००० भन्दा बढी नेपाली विद्यार्थीलाई विश्वका विभिन्न विश्वविद्यालयहरूमा सफलतापूर्वक अध्ययनका लागि पठाइसकेको छ भने १,००० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको साझेदारीमार्फत आफूलाई नेपालको विश्वासिलो शैक्षिक परामर्श संस्थाका रूपमा स्थापित गरिसकेको छ।
विदेश अध्ययनमा रुचि राख्ने सबै विद्यार्थीहरूका लागि ईडीएफ जम्बोरी नेपाल मल्टी डेस्टिनेशन एडमिशन डे २०२६ बिहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म खुला रहनेछ।













