कांग्रेसको आधिकारिकता विवादः देउवा पक्षको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कांग्रेसको आधिकारिकता विवादः देउवा पक्षको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडाैं । सर्वोच्च अदालतले गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हाे।

अन्तरिम आदेश दिने/नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियाे ।

योसँगै निर्वाचन आयोगकै निर्णय अनुसार तत्लका लागि गगन थापा नेतृत्वको कांग्रेसलाई बाटो खुला भएकाे छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ भने सोही निर्णयबमोजिम गगनले पार्टीका १६५ क्षेत्रकै उम्मेदवार टुंग्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्