७ श्रावण २०८३, बिहिबार

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे ६१ कर्मचारी सरूवा



काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र वेव शाक्यले ६१ कर्मचारीकाे सरूवा गरेका छन् । उनले ३ जना उपकायर्कारी निर्देशक सहित ६१ कर्मचारीकाे सरूवा गरेका गरेका हुन् ।

उनले प्रशासन निर्देशालयका उपकार्यकारी निर्देशक तुलाराम गिरीलाई अर्थ निर्देशनालयमा, अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक राजनऋषि कँडेललाई प्रशासन निर्देशनालयमा र योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका दुर्गानन्द बडियैतलाई आयोजना व्यवस्थापन निर्देशनालयमा सरुवा गरेका छन् ।

प्राविधिकतर्फका निर्देशक किरण कुमार श्रेष्ठलाई संस्थागत योजना तथा अनुगमन विभागबाट व्यवसाय विकास निर्देशनालयको प्रमुखको जिम्मेवारी तोकिएको छ भने निर्देशक अनिलमान श्रेष्ठलाई सूचना प्रविधि विभागबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयको प्रमुख बनाइएको छ।

त्यस्तै, प्रबन्धक (इले.) सुरज गौतमलाई कुश्मा-तल्लो मोदी आयोजनाबाट संस्थागत योजना तथा अनुगमन विभागको प्रमुख बनाइएको छ। प्रबन्धक (सिभिल) शैलेश शाक्यलाई आयोजना विकास विभागबाट दूधकोशी जलविद्युत कम्पनीमा काज खटाइएको छ। उप-प्रबन्धकहरू शिवराम केसी, विदुर अधिकारी र वसन्त बहादुर सिंहलाई क्रमशः माथिल्लो तामाकोशी, दूधकोशी र चैनपुर सेती जलविद्युत कम्पनीहरूमा पठाइएको छ।

निर्देशक टेकनाथ तिवारीलाई विद्युत् प्रणाली व्यवस्थापन विभागबाट ग्रिड सोलार तथा इनर्जी एफिसिएन्सी आयोजनामा र अच्युत बाबु घिमिरेलाई उक्त आयोजनाबाट मध्यम भोल्टेज ग्रिड विकास विभागमा सरुवा गरिएको छ। निर्देशक चन्ध्या न्यौपानेलाई मध्यम भोल्टेज ग्रिडबाट सूचना प्रविधि विभागमा पठाइएको छ।

यसैगरी सहायक प्रबन्धक नारायण अर्याललाई चुहावट नियन्त्रण महाशाखाबाट ESRIP आयोजना (ताप्लेजुङ, पाँचथर, इलाम क्षेत्र) को जिम्मेवारी दिइएको छ। सहायक प्रबन्धक विनोद अधिकारी र इन्जिनियर अभिनव झालाई राष्ट्रिय विद्युत् व्यापार महाशाखाबाट नेपाल पावर ट्रेडिङ कम्पनीमा थप जिम्मेवारी तोकिएको छ।

इन्जिनियर निरज कर्णलाई प्रयोगशाला सेवा महाशाखाबाट काठमाडौँ उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनामा पठाइएको छ। यस्तै, इन्जिनियरहरू तिलक गिरी, संगीत पौडेल, नवीन देव, सुदिप चालीसे, पदमराज भट्ट र रश्मिला प्रजापतिलाई पनि विभिन्न वितरण केन्द्र र जलविद्युत कम्पनीहरूमा काज सरुवा गरिएको छ। सहायक इन्जिनियर सविन ओलीलाई लप्सीफेदी तथा चाँगुनारायण सब-स्टेशन निर्माण आयोजनाको थप जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्