निर्वाचनका कारण १२ दिन पर सर्‍यो एसईई परिक्षा, चैत १९ गतेदेखि देशभर एकसाथ सञ्चालन हुने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

निर्वाचनका कारण १२ दिन पर सर्‍यो एसईई परिक्षा, चैत १९ गतेदेखि देशभर एकसाथ सञ्चालन हुने



काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)काे तालिका सार्वजनिक गरेको छ।

बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दै आउँदो चैत १९ देखि २९ गतेसम्म कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसईई देशभर एकैसाथ सञ्चालन गर्ने जनाएकाे हाे ।

गत वर्षको एसईई चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परिक्षा यस वर्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका कारण करिब १२ दिन पर सारिएको छ।

बोर्डको तालिका अनुसार पहिलो दिन १९ गते अनिवार्य अंग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्वितीय विषयका परीक्षा हुनेछन्।

चैत २७, २८ र २९ गते भने प्राविधिक धार तर्फका पुराना र नयाँ कोर्सको परीक्षा हुने बोर्डअन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।

जनक शिक्षा सामग्री केन्द्रले आगामी फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइको काम गरिरहेको र एसईई परीक्षाको प्रश्नपत्र छाप्ने कार्य पनि जनक शिक्षाबाटै हुने भएकाले पनि परीक्षाको मिति केही दिनलाई सार्नुपरेको बोर्डले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्