निर्वाचनकाे तयारी तीव्र: १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापिए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निर्वाचनकाे तयारी तीव्र: १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापिए



काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि एक करोड ४२ लाख भन्दा बढी मतपत्र छापिएकाे छ।

जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख ८ हजार थान मतपत्र छाप्ने काम सकिएको जनाएको हाे ।

पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको छ । निर्वाचनका लागि कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाइ गर्नुपर्ने छ ।

त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ भने केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र आयोगमा पठाएको छ ।

चुनाव चिह्न आजै वितरण

यता प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले आज निर्वाचन चिह्न पाउँदैछन् । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरेपछि निर्वाचन चिह्न वितरणको कार्यक्रम रहेकाे आयाेगले जनाएकाे छ।

निर्वाचन तालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् भने १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्