माछापुच्छ्रे बैंकले कमायाे १ अर्ब बढी नाफा, वितरणयोग्य मुनाफा कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

माछापुच्छ्रे बैंकले कमायाे १ अर्ब बढी नाफा, वितरणयोग्य मुनाफा कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंककाे नाफा अघिल्लो वर्षको तुलनामा २५.२५ प्रतिशतले बढेको छ।

बैंकले सार्वजनिक गरेकाे दोस्रो त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

साउनदेखि पुस मसान्तसम्म बैंककाे सञ्चालन मुनाफा १०.२२ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा घटेर १ अर्ब ४५ करोड ६८ रुपैयाँ कायम भएकाे छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ६२ करोड २७ लाख रुपैयाँ थियाे ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशत बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेकाे छ।अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

यस्तै यस अवधिमा खुद फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशत बढेर ८२ कराेड ७ लाख ९९ हजार रूपैयाँ पुगेकाे छ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १३.६१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६१.६ रुपैयाँ रहेको छ।

चुक्तापुँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ, रेटिन्ड अर्निङ ४३ करोड ६३ लाख रुपैयाँ र रिजर्भमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ रहेको छ। यस्तै यस अवधिमा बैंकले २ खर्ब ४ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रतिक्रिया दिनुहोस्