सुनको मूल्यले राख्यो फेरी नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?   - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्यले राख्यो फेरी नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?  



काठमाडौं । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको  छ । आज सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको हो । 

शुक्रवार प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राखेको छ । आज चाँदी प्रतितोला २९० रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको महासंघले जनाएको छ । 

शुक्रवार प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ६ हजार ४८० रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्