१९ भदौ २०८३, शुक्रबार

नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा दोहोरिए श्याममणि



काठमाडौं । नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा श्याममणि आचार्य पुन: चयन भएका छन्।

शनिवार काठमाडौंमा सम्पन्न भएको संघको २१ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन मार्फत उनी थप एक कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।

दोस्रो कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष आचार्यले संघलाई अझ सशक्त बनाउँदै रिकन्डिसन व्यवसायीहरूको हकहितका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अधिवेशनले आचार्यको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह–कोषाध्यक्षमा महेश जोशी चयन भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा रामहरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्णहरि गौतम, प्रदीप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया रहेका छन् ।

कार्यक्रममा विभिन्न अटो मोबाइल कम्पनीहरू एमएडब्लु राइड्स , सीजी मोटर्स, हंसराज हुलासचन्द र जगदम्बा मोटर्सले स्टल प्रदर्शनका साथै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू गरेका थिए ।