लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको अध्यक्षमा लामिछाने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको अध्यक्षमा लामिछाने



गण्डकी । होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सुरेस लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

संस्थाको सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा रोजेन्द्र सुवेदी निर्वाचित बन्नुभएको छ । समितिका सदस्यमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, रविभक्त थापा, अनिल ढकाल र ओम श्रीस मगर निर्वाचित भएका छन् ।

सातवटा तालसँगै लेखनाथ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन निरन्तर क्रियाशील एसोसिएसनमा करिब एक सयभन्दा बढी होटल व्यवसायी सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस्