सेयर बजारमा पहिराेः ४२.५८ अंकले घट्याे नेप्से, सवा १४ अर्बकाे काराेबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ। हिजो ३.०७ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ४२.५८ अंकले घटेको छ।
आज १.५३ प्रतशतले घटेको सेयर बजार मापक नेप्से परिसूचक २७ सय २६ दशमलव ५१ बिन्दुमा झरेको छ।
नेप्से परिसूचसँगै आज काराेबार रकम पनि घटेकाे छ। यसदिन ३३३ कम्पनीकाे ३ कराेड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब १६ कराेड ७१ लाख ७९ हजार रूपैयाँमा काराेबार भएकाे छ।
हिजाे ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर खरिद बिक्रि हुँदा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँको करोबार भएको थियाे।
घटेकाे बजारमा ३४ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने २२४ कम्पनीकाे सेयर मूल्य घटेकाे छ। आज सप्तकाेशी विकास बैंककाे सेयर मूल्य सर्वाधिक ८.५६ प्रतिशत बढेकाे छ भने ओम मेगाश्री फर्मास्युटिकल्सकाे सेयर मूल्य सर्वाधिक ६.९३ प्रतिशत घटेकाे छ।
आज फाइनान्स समुह २.४४, वाणिज्य बैंक समुह १.४९, विकास बैंक समुह १, हाेटक तथा पर्यटन १.९०, हाइड्राेपावर १.४१ लगानी १.७०, जीवन बीमा १.८५, उत्पादन तथा प्रशाेधन १.४०, माइक्राेफाइनान्स १.४३, निर्जिवन बीमा १.७४ र अन्य समुहकाे उपसूचक १.९७ प्रतिशत घटेकाे छ।













