नेपाल इन्भेष्टमेण्ट मेगा बैंककाे नाफा १ अर्ब ६१ करोड, कस्ता छन् अन्य वित्तिय सूचक ?
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, सञ्चालन मुनाफा र ब्याज आम्दानीमा उल्लेख्य गिरावट देखिएको छ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ६१ करोड ३० लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड २३ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४३.०५ प्रतिशतले घटेको हाे।
यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ४ अर्ब ४ करोड ३३ लाख ७८ हजार रुपैयाँबाट ४०.५९ प्रतिशतले घटेर २ अर्ब ४० करोड २१ लाख २८ हजार रुपैयाँमा झरेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख २१ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ अर्ब ३६ करोड ५१ लाख २४ हजार रुपैयाँ थियो।
यस्तै अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख ६२ हजार रुपैयाँ ऋणात्मक रहेको छ। यस्तै, प्रतिशेयर वितरणयोग्य आम्दानी पनि २१ रुपैयाँ २२ पैसा ऋणात्मक देखिएको छ।
बैंकको प्रतिशेयर आम्दानी अघिल्लो वर्षको १६ रुपैयाँ ६० पैसाबाट घटेर ९ रुपैयाँ ४५ पैसा कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात २०.२० गुणा र प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा रहेको छ।
बैंकको खराब कर्जा अघिल्लो वर्षको ५.८६ प्रतिशतबाट उल्लेख्य बढेर ७.९० प्रतिशत पुगेको छ।
हाल बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख १८ हजार रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ५ खर्ब १९ अर्ब १० करोड १३ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब १६ करोड २३ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।













