प्रभु बैंकले कमायाे १ अर्ब १ कराेड नाफा, अन्य सूचक कस्ता छन् ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु बैंकले कमायाे १ अर्ब १ कराेड नाफा, अन्य सूचक कस्ता छन् ?



काठमाडौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा र सञ्चालन मुनाफामा उल्लेख्य गिरावट देखिएको छ।

खुद नाफा र सञ्चालन मुनाफा समीक्षा अवधिमा बैंकले १ अर्ब १ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २४.०८ प्रतिशतले घटेको हाे।

यस्तै, बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको २ अर्ब ५२ करोड २८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ६५ लाख ९ हजार रुपैयाँ मा खुम्चिएको छ।

ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्ज बैंकको खुद ब्याज आम्दानीमा भने २.३८ प्रतिशतको सामान्य सुधार देखिएको छ। अघिल्लो वर्ष ४ अर्ब ८६ करोड ७९ लाख ५ हजार रुपैयाँ रहेको यस्तो आम्दानी यो वर्ष बढेर ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ पुगेको छ।

बैंकले यस अवधिमा खराब कर्जा व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) का लागि १ अर्ब ४५ करोड ५६ लाख ३१ हजार रुपैयाँ छुट्याएको छ।

वितरणयोग्य मुनाफा र वित्तीय सूचक पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख ४८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात २१.२७ गुणा छ।

पूँजी र व्यवसाय विस्तार हाल बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब २२ करोड ७० लाख २ हजार रुपैयाँ सञ्चित छ। व्यवसाय विस्तारतर्फ बैंकले ग्राहकहरूबाट ३ खर्ब ४० अर्ब ७३ करोड ७३ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३२ करोड ११ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

खराब कर्जा र आधार दर बैंकको खराब कर्जा गत वर्षको ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ। यद्यपि, आधार दर भने ७.०६ प्रतिशतबाट घटेर ५.३६ प्रतिशत मा झरेको छ।


प्रतिक्रिया दिनुहोस्