सुनको मूल्यले राख्यो ऐतिहासिक रेकर्ड, तोलाकाे ३ लाख १८ हजार नाघ्याे - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्यले राख्यो ऐतिहासिक रेकर्ड, तोलाकाे ३ लाख १८ हजार नाघ्याे



काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्