५ अंकले बढ्यो नेप्से, कारोबार कति ?  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

५ अंकले बढ्यो नेप्से, कारोबार कति ? 



काठमडाैं । आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेकाे छ। हिजाे ४२.५८ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचकआज ५.३८ अंकले बढेको हाे । आज नेप्से ०.१९ प्रतिशतले  बढेर २ हजार ७३१ दशमलव ८९ विन्दुमा पुगेको छ । 

नेप्से परिसूचक बढे पनि यसदिन काराेबार रकम भने घटेकाे छ। आज ३३४ कम्पनिकाे २ कराेड ३६ लाख १८ हजार १८६ कित्ता सेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँमा काराेबार भएकाे छ।

हिजाे ३३३ कम्पनीकाे ३ कराेड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब १६ कराेड ७१ लाख ७९ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

आज बाणिज्य बैंक, लगानी, जविन बीमा, निर्जिवन बीमा र माइक्रोफाइनान्स समुहका उपसूचक घटेका छन् भने, बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ। आज फाइनान्स उपसमुहको सेयर सर्वाधिक १.२४ प्रतिशत बढेको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने मिथिल लघुवित्त, पिपुल्स पावर र बुद्धभुमी नेपाल हाइड्रो पावरको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ।


प्रतिक्रिया दिनुहोस्