खुद ब्याज आम्दानी बढे पनि घट्याे लक्ष्मी सनराइज बैंकको नाफा, ईपीएस पनि ऋणात्मक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

खुद ब्याज आम्दानी बढे पनि घट्याे लक्ष्मी सनराइज बैंकको नाफा, ईपीएस पनि ऋणात्मक



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी सनराइज बैंक लिमिटेडको नाफा ऋणात्मक बनेकाे छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंक २७ करोड ३६ लाख १५ हजार रुपैयाँ खुद घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब १९ करोड १ लाख १६ हजार रुपैयाँ रहेको थियो।

यस्तै बैंकको कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशतले बढेर ७ अर्ब ३४ करोड ३९ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंक १५ करोड ९८ लाख ८ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ, जबकि गत वर्ष १ अर्ब ७९ करोड ३० लाख १६ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।

बैंकको खुद फि तथा कमिसन आम्दानी १८.१५ प्रतिशतले बढेर १ अर्ब १८ करोड ३ लाख ७ हजार रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसा ऋणात्मक देखिएको छ।

बैंकको खराब कर्जामा केही सुधार भए पनि अझै उच्च छ। गत वर्षको पुसमा ५.६७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा घटेर ५.५० प्रतिशतमा झरेको छ।

नाफा ऋणात्मक भएसँगै बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ०४ पैसा (नोक्सान) रहेको छ। यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा छ।

२६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ५८ करोड ९ लाख ४८ हजार रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ८४ अर्ब २३ करोड ८ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब ९० करोड ३१ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रतिक्रिया दिनुहोस्