ग्लोबल आइएमई बैंकले कमायाे ३ अर्ब २५ करोड नाफा, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६ पैसा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ग्लोबल आइएमई बैंकले कमायाे ३ अर्ब २५ करोड नाफा, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६ पैसा



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आइएमई बैंक लिमिटेडको खुद नाफा सामान्य बढेकाे छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ६.५० प्रतिशतले बढेको हो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

६ महिनामा बैंकको खुद ब्याज आम्दानी भने ३.३३ प्रतिशतले घटेर ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ।

यस्तै बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६९ प्रतिशतले बढेर १० अर्ब ८७ करोड ९ लाख ३२ हजार रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि १.७२ प्रतिशतले बढेर ४ अर्ब २७ करोड ६३ लाख २७ हजार रुपैयाँ पुगेको छ। यता खुद फि तथा कमिसन आम्दानी ९.७४ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ६२ लाख ५५ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४२ करोड ६६ लाख ७५ हजार रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब २० करोड ३७ लाख ४८ हजार रुपैयाँबाट बढेर २ अर्ब ४३ करोड १ लाख ७० हजार रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा पनि ४.८६ प्रतिशतबाट सामान्य बढेर ४.९१ प्रतिशत पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सामान्य वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४ पैसाले बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ। यस्तै यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात १३.२४ गुणा रहेको छ।

३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड ७५ लाख २३ हजार रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्ममा ६ खर्ब ५ अर्ब ८८ करोड २ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख ५६ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।


प्रतिक्रिया दिनुहोस्