कुमारी बैंकको नाफामा ८८६ प्रतिशतको ऐतिहासिक वृद्धि, ६ अर्ब ७८ करोड उठायाे ब्याज, ईपीएस कति ?
काठमाडाैं । कुमारी बैंक लिमिटेडकाे उत्साहजनक वृद्धि देखिएकाे छ। बिहिबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ८८६.६८ प्रतिशत बढेकाे छ।
पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७२ करोड ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २७ करोड ५७ लाख ३० हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।
बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ३५ लाख ९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ३१ करोड ३९ लाख ६४ हजार रुपैयाँ रहेको थियो।
यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि २६.६३ प्रतिशतले वृद्धि भई १ अर्ब ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ। भने कुल सञ्चालन आम्दानी ९ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ।
सञ्चालन मुनाफामा पनि बैंकले ठूलो फड्को मारेको छ। गत वर्ष ७२ करोड १५ लाख ६१ हजार ९२ रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष ४ अर्ब ३६ करोड ६५ लाख १० हजार २०८ रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ। अघिल्लो वर्ष २.१० रुपैयाँ रहेको प्रतिशेयर आम्दानी अहिले बढेर २०.७४ रुपैयाँ कायम भएको छ। बैंकको खराब कर्जा भने केही घटेर ६.९२ प्रतिशतमा झरेको छ, जुन गत वर्ष ६.९६ प्रतिशत थियो।
यद्यपि, बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ९८ करोड ७१ लाख ८६ हजार ७२७ रुपैयाँले ऋणात्मक रहेको देखिन्छ।
२६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४० करोड ५३ लाख ७ हजार ४६० रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्ममा ग्राहकहरूबाट ३ खर्ब ७१ अर्ब ३७ करोड ६९ लाख २८ हजार ५९८ रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६५ अर्ब ९५ करोड १३ लाख ३९ हजार ४११ रुपैयाँ कर्जा प्रवाह गरेको छ।













