सरकारी स्वामित्वकाे राष्ट्रिय वाणिज्य बैंकको मुनाफा पाैने २ अर्ब माथि, झण्डै सवा ६ अर्ब उठायाे ब्याज - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सरकारी स्वामित्वकाे राष्ट्रिय वाणिज्य बैंकको मुनाफा पाैने २ अर्ब माथि, झण्डै सवा ६ अर्ब उठायाे ब्याज



काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा उत्साहजनक वित्तीय प्रगति गरेको छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले १ अर्ब ७७ करोड ५ लाख ६ हजार ५७३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको ७६ करोड ३० लाख ३३ हजार ४८८ रुपैयाँको तुलनामा १३२.०४ प्रतिशतको वृद्धि हो।

बैंकको बैंकले समीक्षा अवधिसम्म ७ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ। यो गत वर्षको सोही अवधिको ५ अर्ब ४१ करोड ७७ लाख रुपैयाँको तुलनामा करिब ३५.९१ प्रतिशतको वृद्धि हो।

यस्तै सञ्चालन मुनाफामा पनि उच्च सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको यस्तो मुनाफा १३२.७२ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ कायम भएको छ, जुन गत वर्ष सोही अवधिमा १ अर्ब ८ करोड ५० लाख रुपैयाँ मात्र थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ४ अर्ब ४० कराेड ६९ लाख रूपैयाँबाट बढेर ६ अर्ब १० कराेड ३३ लाख रूपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ६४ करोड ८ लाख ३८ हजार रूपैयाँबाट बढेर ६५ करोड २३ लाख १६ हजार रूपैयाँ पुगेकाे छ ।

बैंकको खराब कर्जामा पनि उल्लेख्य सुधार आएको छ। गत वर्ष ४.९६ प्रतिशत रहेको यस्तो कर्जा यस वर्ष घटेर ४.३६ प्रतिशतमा झरेको छ। वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २२.६४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ३४५.६४ रुपैयाँ कायम भएको छ।

१५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ३८ अर्ब ६५ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिमा बैंकले ५ खर्ब ६० अर्ब ६६ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब १० अर्ब ८२ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रतिक्रिया दिनुहोस्