भारत बजेट : एसटीटीको व्यवस्थाले किन गयो भारतीय शेयर बजारमा पहिरो ?  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भारत बजेट : एसटीटीको व्यवस्थाले किन गयो भारतीय शेयर बजारमा पहिरो ? 



काठमाडौं । आर्थिक वर्ष २०२६/०२७ का लागि भारत सरकारले नयाँ बजेट ल्याएको छ । भारतकी अर्थमन्त्रीले निर्मला सीतारमणले आइतबार संसदमा प्रस्तुत गर्दै गरिन् । 

जसमा नेपाललाई ८ अर्ब रुपैयाँ भारु समेत दिने घोषणा गरेकी छिन् । 

तर अर्थमन्त्री निर्मलाले बजेट आउन साथ भारतीय शेयर बजारमा भने पहिरो गएको छ । उनले एसटीटी अर्थात् ‘सिक्योरिटीज ट्रान्ज्याक्सन ट्याक्स’लाई बढाउने निर्णय गरेसँगै भारतीय शेयर बजारमा पहिरो गएको हो । 

यो कर शेयरको खरिद–बिक्रीमा लाग्ने गर्दछ । अर्थमन्त्रीले निर्मालाले फ्युचर एण्ड अप्सन (एफ एन्ड ओ) मा सेक्युरिटी ट्रान्ज्याक्सन ट्याक्सलाई दोब्बरभन्दा बढीले बढाउने प्रस्ताव गरेकी छिन् । त्यसका कारणले गर्दा अहिले शेयर बजारमा पहिरो गएको हो । 

एफ एन्ड ओमा एसटीटी ०.०२ प्रतिशत थियो । जसलाई अहिले बढाएर ०.०५ प्रतिशत पुर्‍याउने प्रस्ताव गरिएको छ । राजस्व वृद्धि गर्न र वित्तीय बजारमा स्थिरता कायम गर्नका लागि शेयरको लेनदेनमा यो कर लगाइन्छ ।

यो पूर्ण रूपमा मूल्यमा आधारित हुन्छ । अर्थात् तपाईँले जति धेरै मूल्यको शेयर खरिद–बिक्री गर्नुहुन्छ, त्यति नै बढी एसटीटी लाग्नेछ । 

शेयरको उक्त कारोबारमा व्यक्तिलाई नाफा भएको होस् वा घाटा, यसले कुनै फरक पार्दैन । त्यसले गर्दा अहिले भारतको शेयर बजारमा पहिरो गाएको छ । 


प्रतिक्रिया दिनुहोस्