एन आई सी एशिया बैंकले प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एनआईसी एशिया बैंकले प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखी प्रदान गरिने ‘गोल्ड लोन’ (नियमित) कर्जा योजना सार्वजनिक गरेको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ अघि बढिरहेको बैंकले समयानुकूल ग्राहकहरूको आवश्यकता तथा बजारको मागलाई सम्बोधन गर्ने उद्देश्यले उक्त कर्जा योजना ल्याएको जनाएको छ ।
बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् ।
औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहित प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखी बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ ।
साथै, यस कर्जा योजनामार्फत सुनका गरगहना खरिदका लागि समेत कर्जा सुविधा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
उक्त ‘गोल्ड लोन’ योजना बैंकका तोकिएका विभिन्न शाखाहरूबाट प्राप्त गर्न सकिनेछ । ग्राहकहरूलाई सहज रूपमा कर्जा सेवा उपलब्ध गराउने तथा कर्जा सम्बन्धी सल्लाह, सुझाव, गुनासो र जिज्ञासाहरूलाई समयमै प्रभावकारी ढंगले समाधान गर्ने उद्देश्यले बैंकले एकद्वार प्रणाली अन्तर्गत ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको जनाएको छ ।













