१ करोड ७९ लाख मतदाताको फैसला कुर्दै मुलुक, कुन निर्वाचन क्षेत्रमा कति ? (सूची)
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम तयारी पूरा गरेको छ । यसपटक देशभरबाट कुल १ करोड ७९ लाख ३ हजार ९९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदानको अधिकार सुरक्षित गरिएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू अहिले चुनावी मैदानमा होमिएका छन् । उम्मेदवारहरू आफ्नो निर्वाचन क्षेत्र केन्द्रित घरदैलो र प्रचारप्रसारमा व्यस्त छन् भने केन्द्रमा दलहरूले आफ्ना चुनावी प्रतिबद्धता र घोषणा पत्रलाई अन्तिम रूप दिइरहेका छन् ।
आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका ७७ वटा जिल्लामा रहेका १६५ वटै निर्वाचन क्षेत्रको मतदाता विवरण टुङ्गिएको छ । जसअन्तर्गत हिमाली जिल्ला मनाङमा सबैभन्दा कम र पहाडी जिल्ला रामेछापमा सबैभन्दा बढी मतदाता रहेका छन् । रोचक कुरा त के छ भने, मतदाता संख्यामा ठूलो अन्तर भए पनि यी दुवै जिल्ला एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले सुरक्षा व्यवस्था र कर्मचारी परिचालनको आन्तरिक गृहकार्यलाई समेत तीव्र पारेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको जिल्लागत विवरण अनुसार यसपटकको निर्वाचनमा मतदाताको वितरणमा १ लाख ८७ हजार ९५२ मतदातासहित रामेछाप सबैभन्दा धेरै मतदाता भएको जिल्ला बनेको छ । यहाँ एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।
सबैभन्दा कम मतदाता रहेको मनाङमा ७ हजार मतदाता छन् । यहाँ पनि एउटा मात्र निर्वाचन क्षेत्र छ ।
देशभरका १६५ वटा निर्वाचन क्षेत्रमै आयोगले मतदान केन्द्र र सुरक्षा संवेदनशीलताको आधारमा तयारी अघि बढाएको छ ।
सूची

















