नेप्सेमा झिनाे गिरावट, साढे ७ अर्बमा खुम्चियाे काराेबार
काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजारमा सामान्य गिरावट देखिएको छ। आज सेयर बजार मापक नेप्से परसिूचक १.६४ अंकले घटेर २६ सय ८१ दशमलव २५ बिन्दुमा रोकिएको छ।
नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि घटेको छ। आज ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ७ अर्बमा ४९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
हिजो ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँको कारोबार भएको थियो।
११३ कम्पनीको सेयर मूल्य बबढेकोमा आज आज कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी र सुपर मादी हाइड्रोपावरको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ।













