मोदी ईनर्जीले हकप्रद शेयर लागि वद्युत नियमन आयोग पायो अनुमति - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

मोदी ईनर्जीले हकप्रद शेयर लागि वद्युत नियमन आयोग पायो अनुमति



काठमाडौं । मोदी ईनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने विद्युत नियमन आयोगबाट स्वीकृति पाएको हो ।

कम्पनीले चुक्ता पूँजीको १:१ को अनुपातमा हकप्रद शेयर गर्न अनुमति मागेको थियो । तर आयोगले भने १:०.९००२९ को अनुपातमा मात्र हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ ।

आयोगले कम्पनीलाई माघ २० गते पूर्व स्वीकृति दिएको हो ।

आयोगबाट पूर्व स्वीकृति पाएसँगै अब कम्पनीले १:०.९००२९ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भने अनुमति पाउने बाँकीनै छ । बोर्डबाट अनुमति पाएपछि भने कम्पनीले हकप्रद शेयर बिक्री खुल्ला गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्