एशियन लाइफको नाफा २६ करोड माथि, बीमाशुल्क आर्जनमा ११ प्रतिशतको वृद्धि
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासमा एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा सामान्य बढेको छ।
कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशत बढेको हो।
साउनदेखि पुस मसान्तसम्मको अवधिमा इन्स्योरेन्सले २६ करोड ३५ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड ३ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफा बढे तापनि पूँजी वृद्धिका कारण इन्स्योरेन्सको प्रतिशेयर आम्दानीमा भने गिरावट देखिएको छ। पुस मसान्तमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसा घटेर १० रुपैयाँ ५४ पैसा कायम भएको छ। यस्तै यस अवधिमा प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ।
यस्तै समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.४० प्रतिशत बढेर ४ अर्ब ६४ करोड ६९ लाख १५ हजार र कुल आम्दानी ७.३४ प्रतिशत बढेर ६ अर्ब ५३ करोड ८२ लाख ८३ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी ७.७२ प्रतिशत बढेर ५ अर्ब २३ करोड ४५ लाख ५० हजार रुपैयाँ र कुल खर्च ८.४० प्रतिशत बढेर ५ अर्ब ९९ करोड २२ लाख १२ हजार रुपैयाँ पुगेको छ।
५ अर्ब १ लाख ५९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १० करोड ९९ लाख ९२ हजार रुपैयाँ, महाविपत्ती कोषमा ३१ करोड ३८ लाख २९ हजार रुपैयाँ, रिटन्ड अर्निङ्गमा ९१ करोड ९० लाख ९६ हजार रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चित छ।













