धितोपत्र बोर्डद्वारा वार्षिक विशेषाङ्कका लागि लेख रचना आह्वान
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (क्भ्द्यइल्) ले आफ्नो ३४औँ वार्षिकोत्सवका अवसरमा प्रकाशन गर्न लागेको ’लेख विशेषाङ्क–२०८३’ का लागि पौरखी तथा विश्लेषणात्मक लेखहरू आह्वान गरेको छ ।
बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दै धितोपत्र बजार, वस्तु विनिमय बजार, मुद्रा बजार, वित्तीय प्रणाली र अर्थतन्त्रसँग सम्बन्धित विषयमा लेखहरू माग गरेको हो ।
बोर्ड ३४औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा धितोपत्र बजार, वस्तु विनिमय बजार, वित्तीय प्रणाली र समग्र अर्थतन्त्रको विषयमा लेख नेपाली वा अङ्ग्रेजी दुवै भाषामा लेख्न सकिने बोर्डले जनाएको छ ।
लेख कम्तीमा २,५०० शब्दको हुनुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । लेख मौलिक हुनुपर्ने र कतै प्रकाशित वा प्रकाशनका लागि पठाइएको हुनु नहुने बोर्डले जनाएको छ ।
लेख रचना तयार पार्दा बौद्धिक कृत्रिमता (एआई) को प्रयोग गर्न नपाईने बोर्डले जानाएको छ ।
इच्छुक लेखक तथा विज्ञहरूले आफ्ना लेखहरू आगामी २०८३ वैशाख १५ गते भित्र बोर्डको आधिकारिक इमेलमा पठाउनु पर्नेछ । प्राप्त लेखहरू प्रकाशन गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बोर्डमा सुरक्षित रहने सूचनामा उल्लेख छ ।














