चुनावी माहौलले पनि ल्याएन शेयर बजारमा उत्साह, सातामा नेप्से ५ अंकले घट्यो
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अहिले देश निर्वाचन मय छ । देशभर उम्मेदवारी दर्ता गराएर निर्वाचनमा आआफ्नो प्रचारमा उम्मेदवारहरू व्यस्त छन् ।
निर्वाचन आयोगले पनि ६० जिल्लाको मतपत्र छापिसेर जिल्ला जिल्ला पठाउने काम गरिरहेको छ । अहिले चोक देखि चिया पसलसम्म पनि निर्वाचनको चल्ला चलिरहेको छ ।
तर, शेयर बजारलाई भने निर्वाचन लागेको छैन । प्राय गरेर निर्वाचनको मुखमा शेयर बजारमा एक खालको उत्साह आउने भएकाले गर्दा शेयर बजार बढ्ने लगानीकर्ताले अनुमान गरेका थिए । तर, अहिले शेयर बजार हेर्दा भने त्यस्तो देखिएको छैन ।
अहिले पनि शेयर बजार साइटवयजमै रहेको देखिएको छ । जेन–जी जनआन्दोलन पछि पहिरो गएको शेयर बजारमा निर्वाचनको माहौल आएपछि भने केही उत्साह देखिएको थियो ।
दलहरूका उम्मेदवारहरूले दल गर्दा गराएपछि भने शेयर बजारमा उच्च अंकको वृद्धि भएर लामो समय पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७०० विन्दु पार गरेको थियो ।
तर, निर्वाचन नजिकिँदै गर्दा पनि शेयर बजारले भने सोही विन्दु आसपासमा घुमिरहेको छ । कारोबारको कुरा गर्दा लामो समयपछि १६ अर्ब बढीको कारोबार देखिएपनि लामो समयसम्म भने ठुलो अंकको कारोबार भने देख्न सकिएको छैन ।
माघको तेस्रो साता अर्थात् माघ १८ गतेदेखि २२ गतेसम्म पुरै ५ दिन नेप्से कारोबार हुँदा पनि नेप्से भने ५.३५ अंकले घटेको छ ।
दैनिक ३ दिन नेप्से घट्दा २ दिन मात्र नेप्से बढ्दा औसतमा दैनिक रूपमा १.०७ अंकले नेप्से घटेको देखिएको छ ।
कारोबारको हिसाबले हेर्दा भने केही सकारात्मक देखिएको छ । अघिल्लो साताको तुलनामा कम कारोबार भएको देखिए पनि ५ दिनको अवधिमा ४५ अर्बको कारोबारलाई सकारात्मक रूपमा हेर्न सकिन्छ ।
पुरै सातामा ४५ अर्ब ४ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा भने ९ अर्ब ९५ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो सातामा ११ करोड ५ लाख २८ हजार ६६६ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा २ करोड २१ लाख ५ हजार ७३३ कित्ता शेयर कारोबार भएको छ ।
सातामा ४ लाख ८३ हजार ३६६ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा भने ९६ हजार ६७३ पटक शेयर किनबेच भएको छ । औसतमा दैनिक ३२७ वटा कम्पनी कारोबारमा आएका छन् ।
कुन दिन कस्तो थियो बजार ?
आइतबार शेयर बजारले रातो झन्डा देखाएर स्वागत गरेको थियो । आइतबार शेयर बजार १९.८५ अंकले घटेर बन्द भएको थियो । उक्त दिने नेप्से ०.७३ प्रतिशतले घटेर २६९४.२० विन्दुमा पुगेको थियो ।
उक्त दिन नेप्सेमा २८ अंकको उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २७१९ विन्दु र न्यूनतम २६८८ विन्दुसम्म आएको थियो ।
अघिल्लो साताको अन्तिम कारोबार १४ अर्बको भएर बन्द हुँदा आइतबार भने ५ अर्बले कारोबार घटेको थियो । आइतबार पुरै दिनभरमा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
उक्त दिन ३२९ वटा कम्पनीको २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर १ लाख १० हजार ७३८ पटक किनबेच भएको थियो ।
सोमबार भने अन्तिम समयमा नेप्से परिसूचक झिनो अंककले बढेको थियो । बजारमा दिनभर परिसूचक उच्चतम २७०७ विन्दु र न्यूनतम २६७९ विन्दुमा पुग्दा बजारमा २६ अंकको उतारचढाव देखिदा बजार बन्द हुँदा भने नेप्से १.५३ अंककले बढेको थियो ।
उक्त दिन नेप्से ०.०५ प्रतिशतले बढेर २६९५.७३ विन्दुमा नेप्से परिसूचक पुगेको थियो ।
दिनभर जस्तो बजारमा सामान्य देखिएकाले गर्दा सोमबार कारोबार रकममा पनि त्यस्तो उत्साह देखिएको थिएन । सोमबार ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार दिनभरमा ३३० वटा कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ९१ हजार ६१ पटक किनबेच भएको थियो ।
मंगलबार भने शेयर बजार फेरी घटेको थियो । उक्त दिन नेप्से १२.५८ अंकले नेप्से घटेको थियो । उक्त दिन नेप्से ०.४६ प्रतिशतले नेप्से घट्दा परिसूचक २६८३.१५ विन्दुमा झरेको थियो ।
उक्त दिन नेप्सेमा ३४ अंकलेको उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २७०९ विन्दु र न्यूनतम २६७५ विन्दुमा पुगेको थियो ।
मंगलबार कारोबार रकम भने सामान्य बढेको थियो । उक्त दिन दिनभरमा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर कारोबार भएको थियो ।
उक्त दिन दिनभरमा ३२२ वटा कम्पनी कारोबारमा आउँदा ९२ हजार ३३८ पटक शेयर किनबेच भएको थियो ।
बुधवार पनि अन्तिम समयमा भने नेप्से घटेरै बन्द भएको थियो । उक्त दिन नेप्से १.६४ अंकले घटेको थियो । बुधवार ०.०६ प्रतिशतले घटेर परिसूचक २६८१.५० विन्दुमा पुगेको छ ।
उक्त दिन नेप्सेमा ४१ अंकको उतारचढाव आउँदा परिसूचक उच्चतम २७०२ विन्दु र न्यूनतम २६५९ विन्दुमा पुगेका छन् ।
बजार घट्दा भने कारोबार रकम पनि घटेको थियो । उक्त दिन ३२६ वटा कम्पनी कारोबारमा आउँदा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता शेयर ८० हजार ४२२ पटक किनबेच भएको थियो ।
सातोको अन्तिम कारोबार भने नेप्सेमा रौनक देखिएको थियो । उक्त दिन नेप्से २७.१९ अंकले बढेर उत्साह देखिएको थियो । बिहीबार नेप्से १.०१ प्रतिशतले बढेर २७०८.७० विन्दुमा नेप्से परिसूचक पुगेको थियो ।
उक्त दिन नेप्सेमा २८ अंकको उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २७०९ विन्दु र न्यूनतम २६७९ विन्दुसम्म पुगेको थियो ।
नेप्सेमा रौनक देखिए पनि कारोबार रकमले पनि साथ दिएको थियो । उक्त दिन ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार दिनभरमा ३२६ वटा कम्पनी कारोबारमा आउँदा ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता शेयर १ लाख ८ हजार ८१७ पटक किनबेच भएको थियो ।













