भिजिबिलिटी कम हुँदा आन्तरिक उडान ठप्प, विमानस्थलमै रोकिए यात्रु - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

भिजिबिलिटी कम हुँदा आन्तरिक उडान ठप्प, विमानस्थलमै रोकिए यात्रु



काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका विभिन्न विमानस्थलहरूमा आन्तरिक उडान प्रभावित भएको छ। न्यून भिजिबिलिटी (कम दृश्यता) का कारण आइतबार बिहानैदेखि आन्तरिक उडान र अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास कुमार बस्नेतका अनुसार काठमाडौँको भिजिबिलिटी ३ हजार मिटर रहेकाले अन्तर्राष्ट्रिय उडानहरू ‘इन्स्ट्रुमेन्ट फ्लाइट रूल्स’ प्रणालीमार्फत सञ्चालन भइरहेका छन्। तर, आन्तरिक उडानका लागि आवश्यक भिजिबिलिटी पर्याप्त नभएकाले उडान-अवतरण पूर्ण रूपमा ठप्प भएको हो।

अहिले केही विमानस्थलहरूको भिजिबिलिटी बिस्तारै बढ्ने क्रममा रहेको र मौसममा सुधार आउने बित्तिकै उडानहरू पुनः सुरु गरिने बताइएको छ। उडान अवरुद्ध हुँदा गन्तव्यमा जान लागेका सयौँ यात्रुहरू विमानस्थलमै रोकिएका छन्।


प्रतिक्रिया दिनुहोस्