२६ अंकले घट्याे सेयर बजार, १० अर्ब ७७ कराेडकाे काराेबार
काठमाडौं । साताको दाेस्राे कारोबार दिन पनि साेमबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक नेप्से परिसूचक २६.०५ अंकले घटेर २६ सय ७२ दशमलव ३९ बिन्दुमा पुगेर बन्द भएको छ ।
नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि घटेकाे छ। आज ३२४ कम्पनीकाे २ कराेड ७६ लाख ६६ हजार ३४७ कित्ता सेयर १० अर्ब ७७ कराेड ३९ लाख १५ हजार रूपैयाँका खरिदबिक्रि भएकाे छ।
हिजाे ३३० कम्पनीकाे २ कराेड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब ६५ कराेड ९७ लाख ५२ हजार रूपैयाँका खरिदबिक्रि भएकाे थियाे ।
यस दिन व्यापार समुह बाहेक सबै समुहका उपसूचक घटेका छन् । आज फाइनान्स समुह सर्वाधिक २.२९, अन्य १.९६, निर्जिवन बीमा १.४१, हाेटल तथा पर्यटन १.३८, विकास बैंक १.३७ र उत्पादन तथा प्रशाेधन समुह १.२३ प्रतिशत र जीवन बीमा १ प्रतिशत घटेकाे छ ।
घटेकाे बजारमा आज ४२ कम्पनीकाे सेयर मूल्य बढेका छन् भने खानिखाेला हाइड्रोपावरकाे सेयर मूल्य ९.९७ र रिडी वावरकाे सेयर मूल्य ९.११ प्रतिशत बढेकाे छ। यता मायाखाेला हाइड्रोपावरकाे सेयर मूल्य सर्वाधिक ५.४० प्रतिशत घटेकाे छ।













