जेन जी आन्दोलनको छानबिन गर्ने आयोगलाई ‘म्याद थप’ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेन जी आन्दोलनको छानबिन गर्ने आयोगलाई ‘म्याद थप’



काठमाडौं । सरकारले जेन जी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिबारे छानबिन गर्ने आयोगको अवधि लम्ब्याउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्री परिषदको बैठठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको निर्णय सुनाउँदै भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने ।’

उनले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको पनि बताए । राष्ट्रिय तथ्यांक कार्यालयले हरेक ५ वर्षको अन्तरालमा देशभर आर्थिक गणना गर्ने गरेको छ । यसका लागि मन्त्री परिषदले स्वीकृति दिएको हो ।

त्यस्तै नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको मन्त्री अर्यालले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्