व्यवसाय बढाउँदै शिखर इन्स्योरेन्स: दाबी भुक्तानीमा ठूलो रकम खर्चिए पनि आम्दानीको ग्राफ उकालो
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा शिखर इन्स्योरेन्स कम्पनीकाे खुद नाफामा भारी गिरावट आएको छ।
कम्पनीले सार्वजनिक गरेकाे दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्स २५ करोड ७३ लाख रुपैयाँ नाफामा थियो।
कम्पनीको वित्तीय स्वास्थ्यमा दबाब पर्नुको मुख्य कारण खुद दाबी भुक्तानीमा भएको भारी वृद्धि देखिन्छ।
विवरण अनुसार कम्पनीको खुद दाबी भुक्तानी १२२.५६ प्रतिशतले बढेर रु. ८५ करोड १६ लाख पुगेको छ, जुन अघिल्लो वर्ष रु. ३८ करोड २६ लाख मात्र थियो। यसैगरी, कम्पनीको कुल खर्च पनि ६२.१५ प्रतिशतले वृद्धि भई रु. १ अर्ब २९ करोड नाघेको छ।
खर्च बढे पनि कम्पनीको व्यवसाय विस्तारमा भने केही सकारात्मक संकेत देखिएका छन्। कम्पनीको खुद आर्जित बीमा शुल्क २२.४१ प्रतिशतले बढेर रु. ७८ करोड ५ लाख पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानीमा पनि ५.७१ प्रतिशतको सामान्य वृद्धि भई रु. १ अर्ब २२ करोड ९८ लाख कायम भएको छ।
कम्पनी घाटामा गएसँगै प्रतिशेयर आम्दानी (इपीएस) मा पनि नकारात्मक असर परेको छ। अघिल्लो वर्ष रु. १९.३९ रहेको प्रतिशेयर आम्दानी अहिले ३.०६ रूपैयाँ ऋणात्मक बन्न पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ पनि रु. २१२.११ बाट घटेर रु. १९६.६४ मा खुम्चिएको छ।
कम्पनीको चुक्ता पूँजी रु. २ अर्ब ९२ करोड ३० लाखमा स्थिर रहेको छ। कम्पनीले विशेष जगेडामा रु. १ अर्ब ९१ करोड र महाविपत्ति जगेडामा रु. १६ करोड ११ लाख यथावत राखेको छ। यद्यपि, रिटेन्ड अर्निङ भने २१.२५ प्रतिशतले घटेर रु. १६ करोड ५७ लाखमा झरेको छ।













