११ अर्ब बढीको कारोबार सहित करिब ९ अंकले घट्यो बढ्यो नेप्से - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

११ अर्ब बढीको कारोबार सहित करिब ९ अंकले घट्यो बढ्यो नेप्से



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ९ अंकले बढेको छ । आज साढे ११ अर्ब बढीको कारोबार सहित नेप्से ८.९७ अंकले बढेको छ । 

आज नेप्से ०.३३ प्रतिशतले बढेर परिसूचक २६७१ विन्दुमा पुगेको छ । 

आज दिनभरमा ११ अर्ब १० करोड २५ लाख ९६ हजार रुपैयाँ बराबरको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा १३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३३७ वटा कम्पनीको शेयर १ लाख ६ हजार १८ पटक किनबेच भएको छ । 

१३ वटा समूह मध्ये होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा, अन्य समूह र ट्रेडिङ समूह घटेको छ भने बाँकी अन्य समूह बढेको छ । 


प्रतिक्रिया दिनुहोस्