टी–२० विश्वकप : इटालीलाई नेपालले दियो १२४ रनको लक्ष
काठमाडौं । भरतको मुम्बईस्थित वानखेडे मैदानमा जारी टी–२० विश्वकप खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष दिएको छ ।
पहिले इटालीले टस हाररे नेपालले ब्याटिङ गर्दा १९.६ ओभरमा १२३ रन मात्र बनाउन सकेको थियो । नेपाल अन्तिम ओभरमा अलआउट भएको थियो ।
आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन ल्याउन सकेनन् ।













