टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जास्पद हार  - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जास्पद हार 



काठमाडौं । भरतको मुम्बईस्थित वानखेडे मैदानमा जारी टी–२० विश्वकप खेलमा नेपाल इटालीसँग लज्जास्पद हार व्यहोरेको छ । टर हारेर ब्याटिङ गरेको नेपालले १९.६ ओभरमा १२३ रन बनाएर अलआउट भएको थियो । 

नेपालले इटालीलाई १२४ रनले  लक्ष दिएको थियो । 

नेपालले दिएको लक्षलाई इटालीले भने १२.४ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको छ । 

इटालीका ओपनरले मोस्का दाजुभाइले भने दुवैले अर्ध शतक लगाएका खेल समाप्त गरेका थिए । जस्टिन मोस्काले ६० रन बनाएका थिए भने अर्का ओपनर एन्थनी मोस्का ६२ रन बनाएका थिए ।

आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन ल्याउन सकेनन् ।


प्रतिक्रिया दिनुहोस्