टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जास्पद हार
काठमाडौं । भरतको मुम्बईस्थित वानखेडे मैदानमा जारी टी–२० विश्वकप खेलमा नेपाल इटालीसँग लज्जास्पद हार व्यहोरेको छ । टर हारेर ब्याटिङ गरेको नेपालले १९.६ ओभरमा १२३ रन बनाएर अलआउट भएको थियो ।
नेपालले इटालीलाई १२४ रनले लक्ष दिएको थियो ।
नेपालले दिएको लक्षलाई इटालीले भने १२.४ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको छ ।
इटालीका ओपनरले मोस्का दाजुभाइले भने दुवैले अर्ध शतक लगाएका खेल समाप्त गरेका थिए । जस्टिन मोस्काले ६० रन बनाएका थिए भने अर्का ओपनर एन्थनी मोस्का ६२ रन बनाएका थिए ।
आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन ल्याउन सकेनन् ।













