चुनावले राजनीतिमा गर्मी, शेयर बजारमा जाडो : ५० अर्बको कारोबार हुँदा पनि साढे ३७ अंकले घट्यो नेप्से
काठमाडौं । जेन–जी जनआन्दोलन पछि हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि अहिले उम्मेदवारहरू चुनावी मैदानमा छन् । अहिले देशलाई निर्वाचन लागेको छ ।
निर्वाचन आयोगले पनि मतपत्र धमाधम छापिरहेको छ भने छापिएर सकिएको सम्बन्धी जिल्लामा पुराइरहेको छ । उम्मेदवारहरू पनि आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा चुनावी लक्षित कार्यक्रमहरू गरिरहेका छन् ।
दलहरूले आफ्नो घोषणा पत्र ल्याउने तयारीमा रहेका छन् । दलका शीर्ष नेताहरू भने देशैभरका उम्मेदवारलाई जिताउन भन्दै देश दौडाहा लागिरहेका छन् । पुरै देश निर्वाचन मय बनेर उत्साह देखिँदा शेयर बजारलाई भने निर्वाचन नलागेको देखिएको छ ।
साताको शेयर बजार हेर्दा रातामय भएको देखिएको छ । माघ महिनाको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । माघ २५ गतेदेखि २९ गतेसम्म पुरै ५ दिन शेयर बजार कारोबार हुँदा ४ दिन बजार घटेको छ भने अन्तिम एक दिन मात्र शेयर बजार बढेर बन्द भएको छ ।
बजार घटे पनि कारोबार रकमले भने केही मात्रामा भए पनि आसा जगाएको देखिएको छ । दलहरूले आफ्नो घोषणा पत्र सार्वजनिक नगरेका कारणले गर्दा पनि अहिले लगानीकर्ताले खुलेर लगानी नगरेको शेयर बजारका जानकारहरू बताउने गरेका छन् ।
शेयर बजारमा कारोबारका हिसाबले हेर्दा दैनिक रूपमा १० अर्ब बढीको कारोबार भएको छ तर, बजार भने त्यो किसिमले भने बढेको छैन । बजारमा उत्साहजनक रूपमा खरिदकर्ता नभए पनि अहिले शेयर किनेर भने राखिरहेको शेयर बजारमा कारोबार गर्ने कारोबारीहरू बताउने गरेका छन् ।
यो साताको मात्र कुरा गर्दा पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ दिनको अवधिमा ३७.६३ अंकले घट्न पुग्यो । अघिल्लो साताको बिहीबार २७०८.७० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम बिहीबारसम्म आइपुग्दा घटेर २६७१ विन्दुमा आयो ।
यसरी हेर्दा सातामा औसतमा शेयर बजार दैनिक ७.५२ अंकले घट्यो । माघको अन्तिम सातामा नेप्से परिसूचक उच्चतम विन्दु आइतबार २७२८ विन्दु पुगेको थियो भने न्यूनतम मंगलबार २६५५ विन्दुसम्म आएको थियो ।
पुरै सातामा शेयर बजार ७३ अंकको उतारचढाव देखिएको थियो । यो साताको शेयर बजारको ट्रेन्ड हेर्दा लगातार जस्तो ओरालो यात्रामै बगेको देखियो ।
कारोबार रकमले भने यो सातालाई पनि राम्रोसँग साथ दियो । दुई दिन मंगलबार र बुधवार ८ अर्ब बढीको कारोबार भए पनि पनि २ दिन आइतबार र बिहीबार ११ अर्ब बढीको र एक दिन सोमबार भने १० अर्ब बढीको कारोबार भयो ।
पुरै सातामा ५० अर्ब ८४ करोड ४८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा भने १० अर्ब १६ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
यो साता पुरै १२ करोड ४७ लाख ८२ हजार ५३ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा भने २ करोड ४९ लाख ५६ हजार २११ कित्ता शेयर कारोबार भयो ।
पुरै सातामा ४ लाख ९२ हजार ५६३ पटक शेयर किनबेच हुँदा दैनिक औसतमा भने ८९ हजार ५१३ पटक शेयर किनबेच भयो । दैनिक औसतमा ३२९ वटा कम्पनी कारोबारमा आएको थियो ।
अनौठो बुधबार : न घट्यो न बढ्यो, कस्तो रह्यो साताको शेयर बजार ?
साताको सुरुवात नेप्सेले रातो झन्डा देखाएर सुरुवात गरेको थियो । उक्त दिन नेप्से १०.२४ अंकले घटेर बन्द भएको थियो । आइतबार नेप्से ०.३७ प्रतिशतले घट्दा परिसूचक २६९८.४५ विन्दुमा आएको थियो ।
आइतबार साताको उच्चतम विन्दु परिसूचक पुगेको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २७२८ विन्दु र न्यूनतम २६९५ विन्दुसम्म पुगेको थियो । उक्त दिन बजारमा ३३ अंकको उतारचढाव आएको थियो ।
आइतबार नेप्से रातामय भए पनि कारोबार रकम भने साताको सबैभन्दा उच्च भएको थियो । उक्त दिन ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएर नेप्से बन्द भएको थियो ।
उक्त दिन दिनभरमा ३३० वटा कम्पनी कारोबारमा आउँदा २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर १ लाख ११ हजार ९७८ पटक किनबेच भएको थियो ।
नेप्सेको घट्ने क्रम सोमबार पनि जारी रहेको थियो । सोमबार नेप्से झन् उच्च अंक २६ अंकले घटेर बन्द भएको थियो । उक्त दिन नेप्से ०.९६ प्रतिशतले घटेर २६७२.३९ विन्दुमा परिसूचक आएको थियो ।
उक्त दिन दिनभरमा ३७ अंककले उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २७०२ विन्दु र न्यूनतम २६६५ विन्दुसम्म आएको थियो ।
बजारले सोमबार पनि रातो झन्डा देखाए पनि भने कारोबार रकममा पनि गिरावट आएको थियो । उक्त दिन १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
सोमबार दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर १ लाख २ हजार २८१ पटक किनबेच भएको थियो ।
नेप्से लगातार तेस्रो दिन मंगलबार पनि घटेरै बन्द भयो । मंगलबार नेप्से १०.२५ अंकले घटेर बन्द भएको थियो । उक्त दिन नेप्से ०.३८ प्रतिशते घटेर २६६२.१४ विन्दुमा परिसूचक आएको थियो ।
मंगलबार नेप्सेमा साताको न्यूनतम विन्दु २६५५ मा परिसूचक पुगेको थियो । उक्त दिन बजारमा १८ अंकको मात्र उतारचढाव आउँदा परिसूचक उच्चतम २६८२ विन्दुमा पुगेको थियो ।
बजारको ओरालो यात्रा कायम रहेपछि कारोबार रकममा भने २ अर्बको गिरावट आएको थियो । मंगलबार पुरै बजार अवधिभर ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो । उक्त कारोबार साताकै सबैभन्दा कम कारोबार भएको थियो ।
मंगलबार दिनभरमा ३२४ वटा कम्पनी कारोबारमा आउँदा २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक किनबेच भएको थियो ।
बुधवार भने शेयर बजारमा अनौठो दृश्य देखियो । बुधवार शेयर बजार बराबर विन्दुमा आएर रोकियो । टेक्निकली रूपमा हेर्दा नेप्सेमा रातो देखिए पनि बजार भने लगभग बराबर विन्दुमा रोकिएको थियो ।
बुधवार नेप्से ०.०४ अंकले मात्र घटेर बन्द भएको थियो । उक्त दिन नेप्से ०.०० प्रतिशतले घटेर परिसूचक २६६२ परिसूचक आएको थियो ।
बुधवार नेप्सेमा ३६ अंकको उतारचढाव देखिएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २६९२ विन्दु र न्यूनतम २६५६ विन्दुसम्म पुगेको थियो ।
बुधवार मंगलबारको तुलानामा कारोबार रकम केही बढेपनि खसै सुधार भने देखिएन । बुधवार दिनभरमा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँ बारबरको कारोबारमा समिति भएको थियो ।
उक्त दिन दिन दिनभरमा ३२९ वटा कम्पनी कारोबारमा आउँदा २ करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक किनबे भएको थियो ।
लगातार चार दिन घटेको शेयर बजारमा साताको अन्तिम कारोबार भने केही राहात मिलेको थियो । साताको अन्तिम नेप्से बिहीबार भने ९.९७ अंकले बढेर बन्द भएको थियो ।
उक्त दिन नेप्से ०.३३ प्रतिशतले बढेर परिसूचक २६७१ विन्दुमा आएको थियो । उक्त दिन नेप्समा २४ अंककाले उतारचढाव देखिएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २६८१ विन्दु र न्यूनतम २६५७ विन्दुमा पुगेको थियो ।
बिहीवार नेप्से बढ्दा कारोबार रकमा पनि उत्साह देखिएको थियो । उक्त दिन ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीवार २२७ वटा कम्पनी कारोबारमा आउँदा २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर १ लाख ६ हजार १८ पटक निबेच भएको थियो ।













