ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु
काठमाडौं । ललितपुरमा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।
कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क६२२८ नम्बरको ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएकाे हाे भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकमा सवार करिब ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। उपचारका क्रममा मृत्यु भएका २ जनाको सनाखत भएको छैन ।













