८.१६ अंकले घट्याे नेप्से, ७ अर्ब ९४ कराेडकाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

८.१६ अंकले घट्याे नेप्से, ७ अर्ब ९४ कराेडकाे काराेबार



काठमाडाैं । साेमबार सेयर बजारमा पुनः गिरावट आएकाे छ। अघिल्लाे काराेबार दिन बिहिबार ८.९७ अंकले बढेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से आज ८.१६ अंकले घटेर २६ सय ६२ दशमलव ९१ विन्दुमा राेकिएकाे छ।

नेप्सेसँगै यसदिन काराेबार पनि खुम्चिएकाे छ। आज ३३५ कम्पनीकाे १ कराेड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ कराेड २७ लाख ६० हजार रूपैयाँमा काराेबार भएकाे छ।

अघिल्लाे काराेबार दिन बिहिबार ३ सय ३७ वटा कम्पनीका २ करोड ७७ लाख कित्ता शेयर ११ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको थियाे ।

यसदिन फाइनान्स हाेटल तथा पर्यटन र उत्पादन तथा प्रशाेधन समुहका उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन् । आज जलविद्युत समुहकाे उपसूचक सर्वाधिक १.०२ प्रतिशतले घटेकाे छ।

घटेकाे बजारमा यसदिन ८६ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ३ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ। आज बुद्धभुमी नेपाल हाइड्राेपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्