धनगढीमा अवतरण हुन नसक्दा ८० यात्रु बाेकेकाे श्री एयरलाइन्सको जहाज काठमाडौं फिर्ता - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

धनगढीमा अवतरण हुन नसक्दा ८० यात्रु बाेकेकाे श्री एयरलाइन्सको जहाज काठमाडौं फिर्ता



काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फर्किएकाे छ।

काठमाडौंबाट उडेकाे श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन्।

काठमाडौँबाट ९:४५ बजे उक्त जहाज धनगढीका लागि उडेको थियो । जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका थिए

धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२:०० बजे जहाज काठमाडौं फिर्ता भएको थियो। जहाजमा चालक दलका सदस्यसहित ८० यात्रु थिए।

एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने बताए।


प्रतिक्रिया दिनुहोस्