आज लाग्ने ग्रहणले हामीलाई के फरक पार्छ ?
काठमाडौं । फेसबूक रिल्स र टिकटकले सूचनाको सम्प्रेषणमात्रै होइन, गलत र भ्रामक सूचनामार्फत् मानिसहरुलाई ‘हैरान’ पनि पारेको छ भन्ने एउटा उदाहरण हो, आज लाग्ने भनिएको सूर्य ग्रहण ।
पश्चिमा विद्वानहरुले सन् २०२६ मा चार वटा (२ सूर्य र २ चन्द्र) ग्रहण लाग्ने बताएका छन् । त्यसमध्ये एउटा आजैको औँशी तिथीमा लाग्दै छ । तर यो ग्रहण नेपालबाट देखिँदैन । अर्थात् यो ग्रहण नेपालमा होइन, दक्षिणी गोलार्धतिर र त्यसमा पनि अन्टार्कटीका, अफ्रिका र ल्याटिन अमेरिकाका भागहरुमा लाग्ने छ ।
सामान्यतया ग्रहण लागिसकेपछि त्यसको साधारण असर पर्नु स्वाभाविक हो । तर नेपालको आकाशमा नदेखिने ग्रहणले हामीलाई खासै फरक पार्दैन । दोस्रो विश्वयुद्धको अन्त्यमा जापानमा विष्फोटभएको परमाणु बमले त्यहाँ त असाधारण क्षति गर्यो, तर नेपालमा क्षति आइपुगेन, यो पनि त्यस्तै हो । सूर्यको विषाक्त विकिरण ग्रहण नदेखिने स्थानमा जाँदैन । यसै पनि ग्रहणको बेलासम्म नेपाली आकाशबाट सूर्य पश्चिम ढल्किसकेको हुन्छ ।
आज दिउँसो ३: ४१ बाट शुरु हुने ग्रहण राती ८: १२ बजेसम्म लाग्ने छ । कुल ४ घण्टा ३१ मिनेटको यो ग्रहण नेपाली समय अनुसार साँझ ५:२८ देखि ६:२५ सम्म यसको सबैभन्दा उत्कर्षमा रहने छ । यता नेपालमा ५:५६ मा सूर्यास्त हुने छ । यसको मतलय नेपालमा सूर्यास्त हुनु अघि नै ग्रहणले आफ्नो ‘उत्कर्ष’ हासिल गरिसक्छ ।
तै पनि यो ग्रहण नेपालबाटठ देखिँदैन । यसको उत्कर्षको कुण्डलाकार दृष्य अन्टार्कटीकाबाट मात्रै हेर्न सकिन्छ । यसबाहेक दक्षिण अफ्रीका, जिम्बाब्वे, बोत्स्वाना, नामीबिया, मौरीशस, ताञ्जानिया, अर्जेन्टीना र दक्षिण अमेरिकी महाद्वीको तल्लो इलाकाबाट आंशिक अर्थात् खण्डग्रास सूर्य ग्रहण देखिने छ । प्रशांत महासागर, आन्ध्र महासागर र हिंद महासागरका दक्षिणी ध्रुव नजिकका केही इलाकाबाट पनि यो ग्रहण देख्न सकिने छ ।
सूर्य ग्रहण साँझको समयमा होइन, विहानको समयमा मात्रै देखिन्छ । त्यसैले हाम्रो आकाशमा घाम भए पनि यहाँबाट ग्रहण देखिँदैन । अहिले चन्द्रमा पृथ्वीदेखि निकै टाढा पुगेका कारण सूर्य र पृथ्वीको बीचमा भएर पनि यहाँबाट ‘सानो’ देखिन्छ । त्यसैले यस पल्ट कुण्डलाकार ग्रहण लाग्ने भएको छ । त्यो भनेको सूर्यलाई चन्द्रमाले पुरै ढाक्न सक्दैन र सूर्यको बीच भाग ढाकेर चारैतिरको गोलो घेराबाट प्रकाश पृथ्वीसम्म आइपुग्छ । यसलाई पश्चिमाहरुले ‘आगोको घेरा’ (रिङ अफ फायर) भन्ने गरेका छन् ।
सामान्यतया ग्रहण तीन किसिमको हुन्छ– खग्रास, खण्डग्रास र कुण्डलाकार । खग्रास भनेको सूर्य वा चन्द्रमा पूर्ण रुपमा ढाकिनु हो भने खण्डग्रास भनेको आधा वा एक हिस्सा ढाकिएर बाँकी हिस्साबाट प्रकाश आइरहनु हो ।
खग्रास ग्रहण लाग्दा सूर्य वा चन्द्रमा पूर्ण रूपमा छोपिन्छन्। जब प्रकाश पूर्ण रूपमा अवरुद्ध हुन्छ, त्यसपछि प्रकृतिमा अचानक परिवर्तन आउँछ । तापमान घट्न थाल्छ, चराचुरुङ्गी कराउन थाल्छन् र रेडियोधर्मी विकिरणको प्रभाव बढ्छ । खग्रास ग्रहणको समयमा सूर्यको ‘कोरोना’ मात्र देखिन्छ, जसबाट निस्कने विकिरणले आँखा र स्वास्थ्यमा सबैभन्दा बढी नकारात्मक असर पार्न सक्छ। त्यसैले यसलाई ‘शक्तिशाली र संवेदनशील’ मानिन्छ।
तर ज्योतिषीय र कूटनीतिक आधारमा भने कुण्डलाकार ग्रहणलाई अझ बढी ‘अशुभ’ मानिन्छ। यस्तो बेला यसमा सूर्यको बीचको भाग ढाकिन्छ तर वरिपरि ‘आगोको घेरा’ देखिन्छ।
ज्योतिषीय मतमा यसलाई ‘अधुरो’ वा ‘अपूर्ण’ मानिने हुनाले यसले राज्य र शासकहरूमा ‘भय’ ‘अस्थिरता’ र ‘षड्यन्त्र’ बढाउने विश्वास गरिन्छ। यो पूर्ण पनि नहुने र खण्डग्रास जस्तो सामान्य पनि नहुने भएकाले यसको ‘नेगेटिभ भाइब्रेसन’ बढी हुने तर्क गरिन्छ।
यदी ज्योतिषीय चक्र हेर्ने हो भने फागुन १६ मा राहु र सूर्य एकै डिग्रीमा आइपुग्छन् । त्यसलाई ‘पूर्ण ग्रहण योग’ भनिन्छ । १६ गते साँझ ५ बजेपछि सूर्यको ‘वर्गोत्तमी’ अवस्थिति पनि अवकाश हुन्छ । त्यसपछि कूटनीतिक क्षेत्रमा अलि ‘विष्फोटक अवस्था’ अवस्था आउनसक्ने संकेत केही ज्योतिषीहरुले गरेका छन् । यद्यपि वक्री नै सही, मिथुन राशीमा भएको वृहस्पतिले अवस्था अत्यन्तै खराब हुनबाट जोगाउने अपेक्षा उनीहरुले गरेका छन् ।
१९ फागुनमा फेरी सिंह लग्नमा केतुको साथ चन्द्रमा आइपुग्छ । त्यस दिन चन्द्र ग्रहण छ । खग्रास चन्द्र ग्रहण भए पनि नेपालबाट भने खण्डग्रासमात्रै देखिने ज्योतिषीहरुले बताएका छन् । यी ज्योतिषीय हिसाब किताब गर्नुको मतलव चाहीँ आसन्न प्रतिनिधी सभाको चुनावलाई लक्षित गर्न खोजिएको हो ।













