दाेहाेराे अंकले घट्याे नेप्से, काराेबार रकम भने ८ अर्ब ३६ करोड नाघ्याे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दाेहाेराे अंकले घट्याे नेप्से, काराेबार रकम भने ८ अर्ब ३६ करोड नाघ्याे



काठमाडौं । लगातार दोस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ। हिजो ८.१६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २०.७५ अंकले घटेको छ।

आज ०.७७ प्रतिशतले घटेर सेयर बजार मापक नेप्से आज २६ सय ४२ दशमलव १५ बिन्दुमा पुगेर रोकिएको छ।

आज म्युच्युअल फण्ड र व्यापार समुह बाहेक सबै समुहका उपसूचक घटेका छन् । यसदिन फाइनान्स समुहको उपसूचक २.११, जलविद्युत १.६३, होटल तथा पर्यटन १.१९ र विकास बैंक समुहको उपसूचक १.१८ प्रतिशतले घटेको छ।

नेप्सेसँगै यसदिन कारोबार पनि खुम्चिएको छ। आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर खरिदबिक्रि हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

हिजो ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो ।

घटेकाे बजारमा ४२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ । यसदिन सालपा विकास बैंककाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ भने रिलायन्स स्पिनिङ मिल्सकाे सेयर मूल्य ९.६४ प्रतिशतले बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्