दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले गत साता सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै निर्वाचन आयोगले प्रसाईंमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले उनलाई गत फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो । प्रसाईं पक्राउ परेपछि उनको रिहाइको माग गर्दै विभिन्न विरोध प्रदर्शनहरू समेत भएका थिए ।

यसअघि अदालतले उनीविरुद्धको अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको भए तापनि अन्त्यमा सर्वोच्चले उनलाई गैरकानुनी थुनामा राखिएको ठहर गर्दै रिहा गर्न आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्