अदालतको आदेशपछि पनि छुटेनन् दुर्गा प्रसाईँ, भोलि विहान ११ बजेपछि ‘निर्णय हुने’ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अदालतको आदेशपछि पनि छुटेनन् दुर्गा प्रसाईँ, भोलि विहान ११ बजेपछि ‘निर्णय हुने’



काठमाडौँ । सर्वोच्च अदालतले ‘बिना कारण’ थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिए पनि सरकारले दुर्गा प्रसाईँलाई छाड्न अस्वीकार गरेको छ ।

काठमाडौँको माइतिघर स्थित प्रहरी परिसरको हिरासतमा रहेका प्रसाईँलाई वन्दी प्रत्येक्षिकरणमा रिहा गर्न अदालतले मंगलबार आदेश दिएको थियो ।

सरकारले आसन्न निर्वाचन विथोल्न विवादास्पद अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरेको थियो ।

प्रसाई नेपालमा किराँत बौद्ध सहितको सनातन हिन्दु राष्ट्र र सांस्कृतिक प्रतीकका रुपमा राजसंस्थाको पुन:स्थापना गर्नुपर्ने माग बोकेर हिँडिरहेका थिए ।

शासन व्यवस्था नै परिवर्तन नगरी चुनाव गराउनु हुँदैन भन्ने एक अभियान्तालाई थुनामा राखेर चुनाव सम्पन्न गराउने सरकारी योजनामा अदालतले ‘ब्रेक’ लगाइदिएपछि उनलाई रिहा गर्नमा अल्झाउने कोसिस भएको बुझाई उनी निकट स्रोतको छ ।

प्रसाईँको रिहाइको समाचार संकलन गर्न प्रहरी परिसरमा भेला भएका दर्जनौँ पत्रकारहरुलाई प्रहरीले भोलि विहान ११ बजेसम्म ‘कुनै निर्णय नहुने’ भनेर मंगलबार राती ८ बजे बिदा गरिदिएको छ ।


प्रतिक्रिया दिनुहोस्