चुनावको मुखैमा सिंगापुर उडे देउवा: उपचार कि राजनीतिक विश्राम ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चुनावको मुखैमा सिंगापुर उडे देउवा: उपचार कि राजनीतिक विश्राम ?



काठमाडौं । मुलुक निर्वाचनको अन्तिम तयारीमा होमिएका बेला नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एकाएक सिंगापुर प्रस्थान गरेका छन्।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशैभर चुनावी माहोल तातिरहेका बेला देउवा भने बुधबार स्वास्थ्य उपचारका लागि सिंगापुर उडेका हुन् ।

यसपटकको निर्वाचनमा देउवा आफैँ उम्मेदवार छैनन्। पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनी राजनीतिमा निकै निष्क्रिय देखिएका थिए। चुनावको मुखैमा पार्टीका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्री नै देशबाहिर रहनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

पारिवारिक स्रोतका अनुसार देउवाको यो यात्रा नियमित स्वास्थ्य परीक्षणका लागि हो। केही समयअघि भएको ‘जेनजी’ आन्दोलनका क्रममा उनीमाथि भौतिक आक्रमण र कुटपिट भएको थियो। सोही समयदेखि उनको स्वास्थ्यमा उतारचढाव आइरहेकाले फलो-अप उपचारका लागि उनी सिंगापुर जानुपरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्