खामेनीकी छोरी, ज्वाइँ र नातिनीसहित इरानमा २०० जनाभन्दा बढी मारिए, विद्यालयमा मात्रै १०८ जनाको मृत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

खामेनीकी छोरी, ज्वाइँ र नातिनीसहित इरानमा २०० जनाभन्दा बढी मारिए, विद्यालयमा मात्रै १०८ जनाको मृत्यु



काठमाडौं । अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक निशानाहरूमा गरेको संयुक्त हवाई आक्रमणका कारण इरानमा ठूलो संख्यामा मानवीय क्षति भएको छ।

इरानी स्थानीय अधिकारीहरूका अनुसार दक्षिणी इरानको मिनाब स्थित एक प्राथमिक विद्यालयमा भएको आक्रमणमा मात्रै कम्तीमा १०८ जनाको मृत्यु भएको छ। यो घटनालाई यस युद्धको अहिलेसम्मकै भयावह त्रासदीका रूपमा हेरिएको छ।

इरानको रेड क्रिसेन्टले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार देशका २४ वटा प्रान्तमा भएका श्रृङ्खलाबद्ध आक्रमणहरूमा हालसम्म २०१ भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। यसैगरी, आक्रमणमा परी कम्तीमा ७४७ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको रेड क्रिसेन्टले जनाएको छ।

यसैबीच, इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको परिवारमा पनि ठूलो क्षति पुगेको छ। इरानी अर्ध-सरकारी सञ्चारमाध्यम ‘फर्स न्यूज’ ले खामेनीकी छोरी, ज्वाइँ र नातिनीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। सर्वोच्च नेताको निवासलाई लक्षित गरी गरिएको आक्रमणमा उनको परिवारका सदस्यहरू परेका हुन्।

इरानले पनि इजरायली क्षेत्रलाई लक्षित गरी जवाफी कारबाही सुरु गरेको छ। इजरायली उद्धार टोलीका अनुसार इरानी आक्रमणका कारण तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने कम्तीमा ९० जना सामान्य घाइते भएका छन्। दुवै देशबीच बढ्दो तनावले मध्यपूर्वमा पूर्णकालीन युद्धको खतरा बढाएको छ।


प्रतिक्रिया दिनुहोस्