निर्वाचन अवधिभर इन्धन आपूर्ति नियमित हुने, अनावश्यक भण्डारण नगर्न निगमको आग्रह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निर्वाचन अवधिभर इन्धन आपूर्ति नियमित हुने, अनावश्यक भण्डारण नगर्न निगमको आग्रह



काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय तनाव र आसन्न निर्वाचनको समयमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुने स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपिल गरेको छ।

मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव देखिएको छ। यसले गर्दा नेपालमा पनि मूल्य बढ्ने र अभाव हुने डरले सर्वसाधारणले इन्धन थुपार्न थालेका छन्। तर, निगमले भारतबाट इन्धनको आयात नियमित भइरहेको र हाललाई अभाव हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समयमा समेत इन्धनको आपूर्ति व्यवस्थालाई चुस्त राखिने निगमले जनाएको छ। निर्वाचन अवधिभर पम्पहरू खुला रहने र आपूर्तिमा अवरोध नहुने सुनिश्चित गरिएको छ।

निगमले घरमा इन्धन भण्डारण गर्दा आगजनी र अन्य दुर्घटनाको उच्च जोखिम हुने चेतावनी दिएको छ। निर्वाचन र युद्धको हल्लाका आधारमा अनावश्यक स्टक नगर्न र सुरक्षा संवेदनशीलतालाई ध्यान दिन निगमले सबैमा अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्